बडिगाड गाँउपालिका कार्यपालिका बैठक: विस्थापित परिवारलाई ४ लाख, प्रति घर १० फलफुलका बिरुवा

बडिगाड गाँउपालिका कार्यपालिका बैठक: विस्थापित परिवारलाई ४ लाख, प्रति घर १० फलफुलका बिरुवा

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

फाइल तस्वीर

– अनिष पाठक

खर्बाङ: बडिगाड गाउँपालिकाले सबै वडामा वडाध्यक्ष संयोजक रहने गरी विपद व्यवस्थापन समिति गठन गर्ने भएको छ। आईतबार बसेको ९० औँ कार्यपालिकाको बैठकले विस्थापित परिवारलाई ४ लाख समेत दिने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाका अनुसार प्राकृतिक विपद्बाट विस्थापित परिवारका लागि राहत वितरणका लागि १ करोड ८८ लाख ८० हजार बजेट छुट्याईएको छ। यसमा केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारको २० प्रतिशत र गाउँपालिकाले १० प्रतिशत बजेटको व्यवस्था गर्नेछ। गतवर्ष यहाँ प्राकृतिक विपद्बाट ४७ परिवार विस्थापित भएको पाईजाले बताए।

यस्तै बैठकले पालिकाका सबै वडामा हेलिप्याड निर्माण गर्ने निर्णय गरेको छ। हेलिप्याड निर्माणका लागि उपयुक्त स्थान छनोट गर्न वडाध्यक्षलाई निर्देशन दिईएको पाईजाले बताए।

उनले जिल्लाको कोभिड कोषमा गाउँपालिकाको तर्फबाट ५ लाख र महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख सहयोग गर्ने निर्णय समेत बैठकले गरेको बताए।

बैठकले गाउँपालिकामा कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरी खाद्यान्न पसल बिहान ९ बजेदेखि मध्यान्ह १२ बजे सम्ममात्र खोल्न दिने निर्णय गरेको छ।

यस्तै गाँउपालिकामा कृषिलाई थप व्यवस्थित र व्यवसायिक बनाउन वडा नं. १ को तल्लो भेग, वडा नं. २, वडा नं. ३ को तल्लो भेग, वडा नं. ५, वडा नं. ६, वडा नं. ७ र वडा नं. ९ को तल्लो भेगमा फलफुलका बिरुवा वितरण गर्ने भएको छ।

प्रति घर १० फलफुलका बिरुवा वितरण गरिने गाउँपालिका उपाध्यक्ष अमर बहादुर श्रीसले बताए। उनले जनप्रतिनिधीले समेत अनिवार्य रुपमा विरुवा लगाउनुपर्ने बताए। यस्तै गाउँपालिकाका मुख्य बजार क्षेत्रमा फोहोर व्यवस्थापनका लागि वडाध्यक्षलाई गृहकार्य गर्न निर्देशन दिईएको अध्यक्ष पाईजाले बताए।

केन्द्र सरकारबाट पालिकाका १३ माध्यमिक विद्यालयलाई सेनिटरी प्याड वितरणका लागि को लागि आएको २२ लाख रकम आएको जानकारी गराउँदै उनले यसका लागि टेन्डर आह्वान गरिने बताए।

वजेट निर्माणको प्रसंगमा पाईजाले आगामी आर्थिक वर्षमा नयाँ योजना थप नहुने बताए। उनले पुर्ण रुपमा सम्पन्न नभएका यस अघिका योजनालाई नै प्राथमिकता दिएर बजेट निर्माण गर्ने सहमति भएको र जनप्रतिनिधीसँग थप छलफल गरिने जानकारी दिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय