ढोरपाटनका कोभिड संक्रमित बिरामीलाई हेलिकप्टर मार्फत पोखरा रिफर

ढोरपाटनका कोभिड संक्रमित बिरामीलाई हेलिकप्टर मार्फत पोखरा रिफर

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: बागलुङको बुर्तिबाङबाट कोभिड संक्रमित विरामीलाई हेलि मार्फत पोखरा रिफर गरिएको छ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको ढोरपाटन अस्थायी कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत ढोरपाटनका पुरुषलाई थप उपचारका लागि पोखरा स्थित फेवा सिटि अस्पतालमा रिफर गरिएको हो।

कोरोना संक्रमण भई स्वासप्रस्वासमा समस्या देखिएका ४३ वर्षिय युवाको कोभिड अस्थायी अस्पताल बुर्तिबाङमा गत जेठ १३ गतेदेखि उपचार हुँदै आएको डा. मिलन मल्लले बताउनुभयो।

अस्पतालमा हाईफ्लोमा अक्सिजन दिंएर उपचार गरिरहँदा समेत स्वास्थ्य सुधार नआएपछि फोवा सिटिको आइसियु कक्ष बुकिङ गरि हेलिमार्फत रिफर गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताउनुभयो।

स्वास्थ्य समस्या देखिएर प्राथमिक स्वास्थ्य केन्द्रमा आएपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।

तस्वीर : किशान शाही

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय