गलकोटका ९१ बर्षिय संक्रमित पुरुषको बाटोमै मृत्यु

गलकोटका ९१ बर्षिय संक्रमित पुरुषको बाटोमै मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

फाइल फोटो

बागलुङ: बागलुङको गलकोटमा होम आईसोलेसनबाट अस्पताल लैजाँदै गर्दा एक संक्रमित पुरुषको बाटोमा मृत्यु भएको छ।

गलकोट नगरपालिका-२ का ९१ बर्षिया संक्रमित पुरुषको शनिवार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए। जेठ ८ गते एन्टिजेन परीक्षण गर्दा उनलाई संक्रमण भएको पुष्टि भएको थियो।

होमआईसोलेसनमै रहेका ती पुरुषको अक्सिजनको मात्रा घटेपछि अस्पताल पुर्याइदै थियो। कोभिड निमोनिया लगायतका समस्याका कारण उनको मृत्यु भएको घिमिरेले बताए।

ढोरपाटन न्यूजबाट साभार

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय