संसद विघटन विरुद्ध गुल्मीका ५ राजनीतिक दल एकैठाउँ

संसद विघटन विरुद्ध गुल्मीका ५ राजनीतिक दल एकैठाउँ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: गुल्मीमा पाँच राजनितीक दलहरु एकै ठाउँ भएका छन।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभाको विघटन गरेपछि केन्द्र देखि नै विपक्षी राजनितीक दलहरुले मोर्चा बन्दी गरेरै विरोध जनाइरहेका छन । बुधबार गुल्मीमा पाँच राजनिक दलले सयुक्त बिज्ञप्ति निकाल्दै संसद बिघटनको विरोध गरेका छन।

प्रधानमन्त्री ओलिले नेपाली जनताको लामो त्याग बलिदान र सघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई समाप्त गर्दै निरकुंस र सर्वसत्तावाद मार्फत मुलुकलाई अस्थिरता तर्फ धकेलेको उनिहरुको आरोप छ।

संविधानको संरक्षकको दायित्व समेत रहेको सम्मानित राष्ट्रपतिबाट समेत प्रतिनिधि सभाका बहुमत सदस्यहरुको हस्ताक्षर सहित विधि सम्वत पेश भएको दाबी माथी संविधानत प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने संवैधानिक दायित्वबाट विमुख भै के पि शर्मा ओलिको मिलेमतोमा बदनियतपूर्ण किसिमले संसदनै विघटन गरि नेपालको संविधान र लोकतन्त्र माथीनै गम्भीर प्रहार गरेको विज्ञप्तिमा भनिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय