बागलुङमा कोरोना खोप लगाउन छुटेकालाई भोलि देखि दोस्रो डोज

बागलुङमा कोरोना खोप लगाउन छुटेकालाई भोलि देखि दोस्रो डोज

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ: बागलुङमा कोभिड खोप लगाउन छुटेकालाई आगामी जेठ १२ (भोलि) देखि दोस्रो चरणको खोप अभियान सञ्चालन हुँदैछ। सोमबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले जेठ १२ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गर्ने निणर्य गरेको हो।

पहिलो चरणको खोप लगाएर छुटेका अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मात्रै यो पटक खोप लगाईने छ । खोप लगाउनका लागि जिल्लाभर १० वटा केन्द्र तोकिएको छ। तत्कालका लागि स्वास्थ्य कार्यालयसँग ९ सय ३० भायल कोभिशिल्डको खोप मौज्दात रहेकाले सोही खोप दोस्रो डोज लगाउन छुटेकालाई लगाईने निर्णय गरिएको छ।

पहिलो डोज लगाएर दोस्रो डोज नपाएका जेष्ठ नागरिकले भने तत्काल यो सुविधा पाउने छैनन्। समितिको निर्णय अनुसार अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, जनप्रतिनिधि र पत्रकारले छुटेको दोस्रो डोज लगाउन पाउने निर्णय गरिएको बताइएको छ।

तालिका यस प्रकार रहेको छ:

 

ढोरपाटन अनलाइनबाट साभार

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय