– गोविन्द कंडेल
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ८ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ। शंकास्पद लक्षण देखिएका १७ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र बडागाउँ स्वास्थ्यचाैकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ८ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो। दोस्रो भेरियन्टबाट हाल सम्म संक्रमितहरू मध्ये आज १६ जना संक्रमण मुक्त भएका छन।
आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं. १ का १ जना पूरूष, वडा नं. ४ का २ जना पूरूष र १ महिला, वडा नं. ७ का २ जना पूरूष र २ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अवस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको बताइएको छ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा १६७ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ । कुल १६७ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ५ जनाको मृ,त्यू भइसकेको, ८० जना कोभिड-१९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल ८७ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका सहायक क.अपरेटर दिपेश रानाले बताउनु भयो।

गोविन्द कंडेल बडिगाड अनलाइनका प्रमुख संवाददाता हुन्।





