आजको राशिफल: यी राशि भएकाहरुको भाग्योदय हुने

आजको राशिफल: यी राशि भएकाहरुको भाग्योदय हुने

साहसी खबर
3 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

१० जेठ २०७८ सोमवारको राशिफल

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
Aries
आज इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। मान प्रतिष्ठामा वृद्धि पनि होला।

वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
Taurus
आज नयाँ र शुभ समाचार सुन्न पाइएला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा विस्तारै सफलता मिल्नेछ।

मिथुन (Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा)
Gemini
आज नयाँ अनुभव मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ।

कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
Cancer
आँटेको र ताकेको कार्य पुरा होला। कूटनीतिक नियोगको सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेममा मधुरता पनि छाउला।

सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
Leo
मित्रबाट सहयोग मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
Virgo
नयाँ कार्यको थालनी हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। महिला वा मित्रबाट सहयोग मिल्नेछ। वैदेशिक क्षेत्र भने कमजोर नै रहला।

तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
Libra
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ।

वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
Scorpio
सम्पत्ति हराउने वा नष्ट होला। अरुको भर पर्दा धोका पाइनेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ।

धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
Sagittarius
राजनीतिक कार्यमा सफलता मिल्नेछ। घरायसी मनोरञ्जनमा सहभागिता भइएला। स्वास्थ्यमा समस्या आउन सक्छ बढी सजग रहनु होला।

मकर (Capricorn) (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
Capricorn
आज इच्छा र आकाङ्क्षा पूर्ण होला। नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ। दिनको उत्तरार्धमा केही धन खर्च बढ्न सक्छ।

कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
Aquarius
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ।

मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
Pisces
अनावश्यक झमेलामा परिएला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
साभार: हाम्रो पात्रो

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय