बागलुङका माझी समुदायलाई हिमानी ट्रष्टद्वारा खाद्यान्न सहयोग

बागलुङका माझी समुदायलाई हिमानी ट्रष्टद्वारा खाद्यान्न सहयोग

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– साधना पन्त

बागलुङ: हिमानी ट्रष्ट, काठमाडौँको सहयोग र सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका-३, गुठीको आयोजनामा बागलुङका माझी बस्तीलाई शनिबार खाद्यान्न हस्तान्तरण गरिएको छ। कोरोना महामारीमा दैनिक ज्यालामा काम गरेर जीविकोपार्जन गर्नेहरुलाई समस्या नहोस भनेर खाद्यान्न हस्तान्तरण गरिएको हो।

दैनिक काम नगरे सम्म छाक टार्न समस्या हुने समुदायलाई सहयोग पुगोस भन्ने उद्देश्यले हिमानी ट्रष्ट काठमाडौंले पठाएको ६२ हजार रुपैयाँ बराबरको खाद्य सामग्री सामुदायिक प्रहरी सेवा केन्द्रको माध्यमबाट वितरण गरिएको सेवा केन्द्रका अध्यक्ष लिलादेवी खड्काले बताउनुभयो।

खड्काका अनुसार बागलुङ नगरपालिका–१ माझी बस्तीका २१ घर परिवार, बागलुङ नगरपालिका-३ भुत्लेभिरका १ जना अपाङ्गता भएका पुरुष र बानपा-३ गुठीका ५ घर परिवारलाई राहात हस्तान्तण गरिएको छ। एक परिवारलाई १५ किलो चामाल, आलु, मुसुराको दाल, चना, अण्डा, नुन र तेल हस्तान्तरण गरिएको खड्काले बताउनुभयो।

खाद्यान्न हस्तान्तरण गर्दै सामुदायीक प्रहरी सेवा केन्द गुठीका पूर्व अध्यक्ष सहदेव राजभण्डारीले कोरोना महारीको कारणले स्वास्थ्य सँगै गासको समस्या भोगिरहेकाहरुलाई हिमानी ट्रष्टले सहयोग गरेर पुण्येको काम गरेको बताउनु भएको थियो।

उहाँले यो विषम परिस्थितीमा अफ्ट्यारोमा परेकाहरुलाई सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने बताउनुभयो। ट्रष्ट सँगै बागलुङ नगरपालीका वडा नम्बर ३ गुठीका दल बहादुर पुनले समेत राहातको लागि १ बोरा चामाल सहयोग गरेको राजभण्डारीले जानकारी दिनुभयो।

श्रोत: आदर्श सञ्चार

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय