गुल्मी: जिल्लामा बितेको २४ घण्टामा थपिएका संक्रमित भन्दा झण्डै तीन गुणाले कोरोना जितेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार शनिवार ५६ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै गुल्मीमा कुल संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ।
त्यसैगरी डिस्चार्ज हुनेहरुको संख्या १५३ जना रहेको छ । यसैगरी यस अवधिमा १ जनाको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिकाकी ५६ वर्षकी महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कमार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए। यो सँगै दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण गुल्मीका ६४ जनाले ज्यान गुमाएका छन्।
आज जिल्लाको गुल्मीदरवार गाउँपालिकामा १९ जना, इस्मा गाउँपालिकाका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। त्यस्तै रुरुक्षेत्र गाउँपालिकाका ९ जना, रेसुङ्गा नगरपालिका, सत्यवती र छत्रकोट गाउँपालिकाका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
साथै कालीगण्डकी गाउँपालिका २ जना र धुर्कोट गाउँपालिकाका र मुसिकोट नगरपालिकाका १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। आज मालिका, मदाने र चन्द्रकोट गाउँपालिकाका कुनै व्यक्तिको कोरोना परिक्षण गरिएको छैन।
आज सम्म सक्रिय संक्रमित १०३५ जना रहेका छन् भने वितेको २४ घण्टामा १५६ नमुना परिक्षण गरिएको छ।





