अस्पताल लैजाँदै गर्दा बागलुङका एक संक्रमितको बाटोमा मृत्यु

अस्पताल लैजाँदै गर्दा बागलुङका एक संक्रमितको बाटोमा मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ: बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ रेशका ८२ बर्षिया कोरोना संत्रमित पुरुषको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ। जेठ २ गते कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेसनमा बसेका ती पुरुषको स्वास प्रस्वासमा समस्या आएपछि अस्पताल ल्याउँदै गर्दा बिहिबार राती बाटोमै मृत्यु भएको हो।

उनलाई धौलागिरी अस्पताल बागलुङ ल्याईंदै थियो। कोभिड निमोनिया भएका उनलाई उच्च रक्तचाप लगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो।

साभार: ढोरपाटन अनलाइन

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय