बागलुङ: गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जानका कोरोना संक्रमितको मृत्यु भएको छ।
पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत ११ जना सहित गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमितहरुको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको।

मृत्यु हुनेमा कास्कीका ७ जना, स्याङजाका ४ जना, नवलपुरपूर्व जिल्लाका ५ जना, बागलुङ जिल्लाका २ जना, गोरखा जिल्लाका २ जना र तनहुँ जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७३ पुगेको छ।






