मुसिकोटमा आज एकै दिन १६ जनाले कोरोना जिते

मुसिकोटमा आज एकै दिन १६ जनाले कोरोना जिते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– सागर भण्डारी

गुल्मी: मुसिकोट नगरपालिकामा आज एकै दिन १६ जनाले कोरोना जितेका छन्। नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीका अनुसार विभिन्न समयमा सक्रंमण पुष्टी भएर होम आईसोलेसनमा रहेका १६ जनाले कोरोना जितेका हुन्।

यसैबीच नगरपालिकामा आज थप २ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नं ७ का २० वर्षीय पुरुष र वडा नं ५ का ५३ वर्षीय पुरुषमा सक्रंमण पुष्टी भएको हो।

३ जनाको शंकास्पद लक्षणका आधारमा गरिएको ऐन्टिजेन परिक्षणमा २ जनामा सक्रंमण देखिएको नगर स्वास्थ्य संयोजक जिसीले जानकारी दिनुयभो। नगरपालिकामा सक्रियं सक्रंमितको संख्या ८५ रहेको छ।

Author
सागर भण्डारी बडिगाड अनलाइन का समाचार प्रमुख हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय