बागलुङमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

बागलुङमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ: बागलुङको निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ। शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पु’रिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले जानकारी दिए।

माटोको ढिस्कोले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनका १२ वर्षीय माइलो छोरा सुरेश कुँवरको मृत्यु भएको केसीले जानकारी दिए। घटनाको थाहा पाएपछि स्थानीयको सक्रियतामा उनीहरुको मृत अवस्थामा उद्धार गरिएको केसीले बागलुङ पोस्टलाई बताए।

आमा छोराको दुःख घटनाले सिंगो गाउँनै शोकमा परेको छ। स्थानीयहरुले घर पोत्नका लागि गाउँ नजिकैको ओढारबाट माटो निकाल्दै आएका थिए। ‘गाउँमा दुखद घटना भयो, माटो निकाल्ने क्रममा यस्तो घटना भएछ,’ केसीले भने।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय