शिक्षक शर्माको निधनले महेन्द्र आदर्श मा.वि. परिवार शोकमग्न, तीन दिन झण्डा आधा झुकाउने निर्णय

शिक्षक शर्माको निधनले महेन्द्र आदर्श मा.वि. परिवार शोकमग्न, तीन दिन झण्डा आधा झुकाउने निर्णय

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: मुसिकोट नगरपालिकाको श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा शिक्षक बुद्धि प्रसाद शर्माको कोरोना संक्रमणको कारण निधन भएपछि महेन्द्र आदर्श मावि शोकमग्न भएको छ।

करिब १७ बर्ष विद्यालयमा सेवा गर्नुभएका शिक्षक शर्माको मंगलवार साँझ भरतपुर मेडिकल कलेज चितवनमा निधन भएको थियो।

५७ बर्षीय शर्माको निधनले शोकमग्न भएको विद्यालयले शोक प्रस्ताव पारित गर्दै विहिबार विद्यालय पूर्ण रुपमा बन्द गरेको छ। त्यस्तै शर्माको निधनको शोकमा ३ दिन विद्यालयको झण्डा आधा झुकाउने समेत निर्णय भएको सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारीले जानकारी दिनुभयो।

२०६० सालबाट विद्यालयमा सेवा शुरू गर्नुभएका सापकोटाकै नेतृत्वमा विद्यालयले ठूलो प्रगति हासिल गर्न सफल भएको थियो। हीरक महोत्सवमा ६ करोड रुपैँया अर्थ संकलन, विद्यालयलाई नमुना विद्यालयको रुपमा सम्मान तथा प्राविधिक शिक्षाको लागि सरकारबाट स्वीकृति उहाँ प्रधानाध्यापक रहँदा पाएका उपलब्धि हुन्। त्यस्तै उहाँको कार्यकालमा विद्यालयले आर्थिक समृति प्राप्त गरेको थियो।

एक्लो छोरा शर्माका बाबुआमा, श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ।
मुसिकोट नगरपालिका ९ अर्लाङकोटको पाणथोक जन्मघर हुनुभएका उहाँ पछिल्लो समय परिवारसहित वामीटक्सारमै स्थायी रुपमा बस्दै आउनुभएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय