गुल्मीको मुसिकोटमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या १०० पुग्यो

गुल्मीको मुसिकोटमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या १०० पुग्यो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– गोविन्द कंडेल

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ।

शंकास्पद लक्षण देखिएका १० जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र बडागाउँ स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ५ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो।

संक्रमितहरू मध्ये मुसिकोट नगरपालिका वडा नम्बर ७ की १ जना महिला, वडा नम्बर ४ का १ जना पुरुष त्यसै गरी वडा नम्बर २ का २ जना र १ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो।

आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै मुसिकोट नगरपालिकामा हाल सम्म दोस्रो लहरबाट १०० जना संक्रमित भएका छन भने ३ जना संक्रमण मुक्त हुनुका साथै ३ जनाको संक्रमणका कारणले मृ’त्यु भए सङ्गै मुसिकोट नगरपालिकामा हाल कुल सक्रिय संक्रमितको संख्या ९४ रहेको बताइएको छ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड-१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले उनिहरुको अवस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको जि.सी.ले बताउनु भयो।

Author
गोविन्द कंडेल बडिगाड अनलाइनका प्रमुख संवाददाता हुन्।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय