मुसिकोट नगरपालिकाको वडा नं. ७ सात दिनका लागि शिल गरिने

मुसिकोट नगरपालिकाको वडा नं. ७ सात दिनका लागि शिल गरिने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस मुसिकोट नगरपालिकामा पनि समुदाय स्तरमा व्यापक रूपमा देखिए पछि मुसिकोट नगरपालिका वडा नं. ७ को क्षेत्र १ हप्ताका लागि पूर्ण रूपमा शिल गरिएको छ।

मुसिकोट नगरपालिकामा पछिल्ला केही दिन यता संक्रमित हुनेको दर तिव्र रूपमा बढी रहेको छ। हाल सम्म नगरपालिकामा दोस्रो कोरोनाको लहरबाट ९५ जना संक्रमित भई सकेका छन भने ३ जनाको मृत्यु भइ सकेको छ।

जिल्ला प्रशासन कार्यालयले जेठ ४ गते सम्म निषेधाज्ञा जारी गरेता पनि पूर्ण रूपमा बन्द हुन नसकेकोले मुसिकोट नगर कार्यपालिकाको निर्णयानुसार आज देखि लागु हुने गरी ७ दिनको लागि वडा नं. ७ को क्षेत्र पूर्ण रूपमा बन्द गरिएको हो।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय