वामी-भुवाचिदी सडकको स्तरोन्नतिको काम अत्यन्तै सुस्त

वामी-भुवाचिदी सडकको स्तरोन्नतिको काम अत्यन्तै सुस्त

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सारको भित्री सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ।

दुई वर्ष अघि शुरू गरिएको सडक कालोपत्रे गर्ने काम दोस्रो पटक गरी करिब अन्तिम चरणमा पुगेको हो। अघिल्लो आर्थिक बर्षमा वामीटक्सारको १२ सय मिटर मध्ये ५५५ मिटर कालोपत्रे सम्पन्न गरिएको थियो।

त्यसको बाँकी कालोपत्रेको काम २०७७ को अन्त्यतिर शुरू भएको थियो। उक्त सडकमा नाली बनाउने, ग्राभेल गर्ने र कालोपत्रे गर्ने काम सम्पन्न हुन लागेको वडाध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो।

यसअघि वामीटक्सार विद्यमान बसपार्क देखि प्रस्तावित बसपार्क हुँदै श्रीराम बेकरी उद्योगसम्मको ५५५ मिटर सडक कालोपत्रे गरिएको थियो। हाल त्यहाँदेखि पल्टारसम्मको बाँकी काम चलिरहेको र केही हप्तामै सम्पन्न हुने उहाँले जानकारी दिनुभयो। उक्त कामको जिम्मा नारायण पोखरेलले लिनुभएको छ।

त्यस्तै वामी बजारकै थप सडक स्तरोन्नती गर्न यस आर्थिक बर्षमा विनियोजन गरिएको डेढ करोड बजेटको काम पनि शुरू भएको वडाध्यक्ष काफ्लेले बताउनुभयो। उक्त बजेटमा वामीटक्सारका शाखा सडकहरुमा नाली बनाउने, ग्राभल गर्ने काम हुनेछ।

रिडी-रुद्रवेणी-वामी सडक बनाउने काम सुस्त

यस्तै गुल्मीको लाइफलाइन मानिने रिडी-रुद्रवेणी-वामीटक्सार सडक अन्तर्गत वामीटक्सार देखि भुवाचिदी सम्मको बाटो पक्की गर्ने काम विचमै अलपत्र जस्तै भएको छ। फाल्गुण महिनाको अन्त्यतिर ढिलोगरी शुरू भएको सडक स्तरोन्नतीको काम वामीबाट शुरू भएर शेरा पुगेपछि सुस्त भएको हो।

उक्त सडक गत फाल्गुण मसान्त सम्म सक्नुपर्ने गरी गुल्मीका निर्माण व्यवसायी हरि कुमार श्रेष्ठले जिम्मा लिनुभएको थियो। तर अहिले भने ग्रेडिङ्गको काम चल्दै गर्दा काम ठप्प भएको वडाध्यक्ष काफ्लेले बताउनुभयो तर ठेकेदार श्रेष्ठले भने काम नरोकिएको बताउनुभयो। हाल ग्राभल गर्ने काम भइरहेको र पिचको काम पनि यही असार मसान्त सम्म सकिने उहाँको भनाई छ। लकडाउनको कारण आवश्यक निर्माण सामग्री नपाइँदा काममा ढिलाई भएको उहाँले स्वीकार गर्नुभयो।

सडक ६.२५ मिटर चौडाईमा कालोपत्रे गर्ने मापदण्ड तोकिएको छ। वामीदेखि भुवाचिदीसम्म पिच गर्न लागिए पनि पल्टार देखि हाँडीखोला सम्मको भाग भने पिच नगरिने भनिएको थियो। ५ करोड ८५ लाख रकममा श्रेष्ठले सडक निर्माणको जिम्मा लिएका थिए। वामीदेखि भुवाचिदीसम्मको करिब ५ किमी सडक कालोपत्रे गर्ने सम्झौता छ।

साभार: शिखर अनलाइन

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय