बागलुङ बडिगाडका एक पुरुषको कोरोना सक्रंमणका कारण मृत्यु

बागलुङ बडिगाडका एक पुरुषको कोरोना सक्रंमणका कारण मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ: बडिगाडमा कोरोना सक्रंमणका कारण एक पुरुषको मृत्यु भएको छ। बडिगाड गाउँपालिका, वडा नं. ९, दर्लिङका ३५ वर्षिय एक पुरुषको कोरोना सक्रंमणका कारण काठमाण्डौमा ज्यान गएको हो।

कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई उपचारका लागि बुटबल लगिएको थियो। बुटबलमा कोरोना परिक्षण गर्दा पोजिटिभ देखिएपछि उपचारका लागि काठमाण्डौ लगिएको बताईएको छ। उनको उपचारकै क्रममा काठमाडौँ सानेपामा रहेको स्टार हस्पिटलमा मृत्यु भएको हो।

उनले लामो समयदेखि फार्मेसीमा काम गर्दै आएका थिए। यसैबीच सोमबार पनि बडिगाड गाउँपालिका भिमगिठेका एक व्यक्तिको सास फेर्न गाह्रो भएर मृत्यु भएको छ। उनमा कोरोना संग मिल्दोजुल्दो लक्षण समेत देखिएको र राति २ बजे सास फेर्न गा’ह्रो भएको बताएको केही छिनमै मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय