गुल्मीमा टेम्पो दुर्घटना: एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मीमा टेम्पो दुर्घटना: एकको मृत्यु, चारको अवस्था गम्भिर

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

फाइल फोटो

गुल्मी: गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन्। जिल्लाको सत्यवती गाउँपालिका-३, ठुलोलुम्पेकमा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय  २८ बर्षिया तारा राहदीको ज्यान गएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिनुभयो।

यो पनि हेर्नुहोस्: स्वर्गद्वारी दर्शन गर्न हिँडेका जिल्ला प्रशाशन कार्यालय गुल्मीका कर्मचारी सवार जीप दुर्घटना: ५ जनाको मृत्यु

घटनामा परी एक बच्चासहित चारजना गम्भिर घाइते भएका छन्। घाइतेको अवस्था गम्भिर भएकोले पहिचान खुलिसकेको छैन। सत्यवती बजैको मन्दिरको दर्शन गगरेर ठुलोलुम्पेक फर्कदैँ गर्दा आइतबार करिब १:४५ बजे क्वाङखोलामा टेम्पो दुर्घटनामा परेको हो।

अहिले जिल्ला प्रहरी कार्यालय, गुल्मीको समुह घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो। टेम्पो चालक भने फरार छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय