गुल्मीका कांग्रेस नेता भलामी चढेको जीपलाई ट्रकले दियो ठक्कर

गुल्मीका कांग्रेस नेता भलामी चढेको जीपलाई ट्रकले दियो ठक्कर

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: गुल्मीको उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता श्रीप्रसाद भलामी सवार स्कारपीयो जीपलाई विपरित दिशातर्फबाट आएको ट्रकले ठ’क्कर दिँदा जीपका चालक घा’इते भएका छन भने भलामीको अवस्था समान्य रहेको चितवन प्रहरीले जनाएको छ। उद्योग वाणिज्य महासंघको दुई दिने कार्यक्रम समापन भएर काठमाडौँबाट गुल्मीतर्फ जने क्रममा चितवनको जुगेडीको मोडमा ट्रकले ठ’क्कर दिएको थियो।

यो पनि पढ्नुहोस्: २०७८ सालको शुभकामना सहित वार्षिक राशिफल

जुगेडीको मोडमा ओ’भरट्याक गरी आएको ना ६ ख ६०९३ को मालबाहक ट्रकले भलामी सवार लु २ च ७१०४ को जीपलाई ठ’क्कर दिएको थियो। घा’इते जीपका चालक रुद्र थापालाई चितवनको पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको छ भने जीपको अगाडिको पुरै भाग क्ष’ति भएको छ।

जीपमा सवार श्रीप्रसाद भलामीले सिट बेल्ट बाँधेका कारण अ’प्रिय घ’टनाबाट ब’च्न सफल भएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय