पत्रकार महासंघ, गुल्मीको मतगणना सकियो, टोपलाल अर्यालको प्यानल अत्यधिक बहुमतले विजयी

पत्रकार महासंघ, गुल्मीको मतगणना सकियो, टोपलाल अर्यालको प्यानल अत्यधिक बहुमतले विजयी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– गोविन्द कंडेल

गुल्मी: नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न हिजो भएको निर्वाचनको मत परिणाम गुल्मीमा सार्वजनिक भएको छ।

भर्खरै सार्वजनिक भएको ताजा मत परिणाम अनुसार टोपलाल अर्याल नेतृत्वको लोकतान्त्रिक तथा प्रगतिशिल समुह विजयि भएको छ।

अनिल खत्री नेतृत्वको प्यानल लाइ पराजित गर्दै टोपलाल अर्याल नेतृत्वको उक्त संयुक्त प्यानल विजयी भएको हो।

अर्याल गुल्मीमा लामो समय देखी खोज पत्रकारिताकाे क्षेत्रमा क्रियासिल छन । पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष अर्याल गुल्मेली मिडिया कर्मी एवं पाठक स्रोता हरूका विचमा चर्चित नाम हो। अर्याल यस अघि नेपाल पत्रकार महासंघ गुल्मीको सचिव थिए।

यो पनि: महेन्द्र आदर्श नमुना मा.वि.को कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउनेमा ‘छात्रा’हरु मात्रै

नवनिर्वाचित अध्यक्ष अर्यालको समुहबाट उपाध्यक्षमा सिता भण्डारी र रेशम कुँवर, सचिव प्रेम सुनार, सहसचिव तिलाचन पाण्डे र तेजेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्ष कॏरव खत्री, सदस्यहरूमा महेश वोहोरा, मनोज कार्की, रमेश विश्वकर्मा, हुमाकान्त पोखरेल, हुमलाल भण्डारी,पुर्ण वहादुर खड्का क्षेत्री, यादव प्रसाद ज्ञवाली र सरस्वती जि.सी.विजयी भएका छन।

महासंघको नेतृत्व चुन्न पहिलो पटक देशैभर एकसाथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन गरिएको हो । केन्द्र, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको थियो।

Author
गोविन्द कंडेल बडिगाड अनलाइनका प्रमुख संवाददाता हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय