अभिनेत्री प्रियंका कार्की आमा बन्दै

अभिनेत्री प्रियंका कार्की आमा बन्दै

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ: अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन्। उनले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको खुलासा गरेकी हुन्।

होलीको समयमा खिचिएको एक तस्वीरमा कार्की गर्भवती भएको अनुमान गरिएको थियो। उनी आफैले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको जानकारी गराएपछि उनी आमा बन्न लागेको पुष्टि भएको हो।

पति आयुष्मानसँग खिचाएको गर्भवती भएको तस्विर उनले फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै ‘मलाई सोध्न बन्द गर्नूस। हो म प्रेगनेन्ट भएकी हुँ,’ भनेर लेखेकी छन्। आयुष्मान र कार्कीले २०२० को फेब्रुअरी २८ मा विवाह गरेका थिए।

र यो पनि: साहित्य: झमक घिमिरेका चार कविता

तस्वीर: प्रियंका कार्कीको फेसबुक पेजबाट 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय