बडिगाडमा अखिल नेपाल शिक्षक संघको दोस्रो भेला सम्पन्न

बडिगाडमा अखिल नेपाल शिक्षक संघको दोस्रो भेला सम्पन्न

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– अनिश पाठक

बागलुङ: अखिल नेपाल शिक्षक संघ बडिगाड गाँउपालिकाको दोस्रो भेला आज सम्पन्न भएको छ। भेलालाई संबोधन गर्दै अखिल नेपाल शिक्षक संघका जिल्ला सचिव पुस्कर सापकोटाले संघको मूल उद्देश्य शिक्षालाई देश र समाजको आबश्यकता पूर्ति गर्न समय सान्दर्भिक बनाउनु रहेको बताए। साथै उनले शिक्षण पेसालाई मर्यादित, सम्मानित र योग्यतमहरुको आकर्षणको केन्द्र बनाउन आबश्यक रहेको पनि बताए।

भेलाले शिब लाल बनको अध्यक्षतामा ११ सदस्य कार्यसमिति र ३ सदस्य सल्लाहकार समिति गठन गरेको छ । जसको उपाध्यक्षमा केहरसिङ सिङजाली, महिला उपाध्यक्षमा मिना पोखरेल, सचिवमा लिल बहादुर श्रीस, सह सचिवमा खुम बहादुर पच्या, कोषाध्यक्षमा टेक बहादुर थापा लगाएत रहनु भएको छ।

यो पनि हेर्नुहोस्: बागलुङ बल्देधुरी घ’टनामा सलंग्न ८ अ’भियु’क्त सार्वजनिक

नेकपा मसालका जिल्ला प्रवक्ता मेख बहादुर पाईजा, राष्ट्रिय जनमोर्चा जिल्ला समिति सदस्य तथा बडिगाड गाउँपालिका १ का वडाअध्यक्ष बोम वहादुर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य सोमलाल सापकोटाले शुभकामना मन्तव्य दिएको भेलामा खुद वहादुर गुरुङको स्वागत मन्तव्य रहेको थियो।

शिव लाल वनको अध्यक्षता रहेको भेलाको संचालन भने केहरसिङ सिङजालीले गरेका थिए । साथै भेलाले चौथो जिल्ला सम्मेलन सफल पार्न सदस्यता बितरण तथा नविकरण, प्रतिनिधि छनौट लगायतका बिभिन्न निर्णय समेत गरेको छ । अखिल नेपाल शिक्षक संघ बागलुङको चौथो जिल्ला सम्मेलन आँउदो बैशाख १७ र १८ गते बुर्तिबाङमा हुदैछ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय