गुल्मीको मुसिकोटमा जनप्रतिनिधी र कर्मचारीहरूका लागि तीन दिने क्षमता विकास तालिम सुरू

गुल्मीको मुसिकोटमा जनप्रतिनिधी र कर्मचारीहरूका लागि तीन दिने क्षमता विकास तालिम सुरू

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– गोविन्द कंडेल

गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा सम्पूर्ण जनप्रतिनिधी र कार्यरत कर्मचारीहरूका लागि तिन दिने क्षेमता विकास सम्बन्धी तालिम आज देखी सुरू भएको छ।

मुसिकोट नगरपालिका वडा नं. ५ स्थित प्राविधिक शिक्षालयको सभाहलमा तालिमको आज एक कार्यक्रमका विच मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले उद्घाटन गर्नु भयो। मुसिकोट नगरपालिकाको आयोजना र एप्पल मिडिया एण्ड एड्भर्टाइजिङ्ग प्रा.लि. को सहजिकरणमा तालिमको सुरूवात गरीएको हो।

तालिमले कर्मचारी तथा जनप्रतिनिधीको क्षेमता विकासमा महत्पुर्ण सहयोग गर्ने र यसले सेवा प्रवाहमा सकारात्मक परिणाम हाँसिल गर्न सकिने विश्वास आफुले लिएको तालिम उद्घाटन सत्रका प्रमुख अतिथि नगर  प्रमुख सोमनाथ सापकोटाले बताउनु भयो।

यो पनि पढ्नुहोस्: बागलुङको बडिगाड गाउँपालिका-२ मा बम विस्पोटमा परी २ जना घाइते

तालिमको मुख्य प्रशिक्षकका रूपमा नेपाल सरकारका पूर्व सहसचिव, प्रशासन विज्ञ एवं अधिवक्ता विष्णु वहादुर थापा एवं  प्रशिक्षकहरू मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल र ज्ञानु अधिकारीले पहिलो दिनको तालिममा प्रशिक्षण दिनु भएको थियो।

आज पहिलो दिन मुख्य प्रशिक्षक थापाले स्थानिय सरकार सञ्चालन ऎनका प्रावधानहरूका वारेमा र भुसालले सत्यनिष्ठा, नैतिकता र सदाचार विषयमा प्रशिक्षण दिनु भएको हो।

तालिममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू , कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको छ।

तालिमको उद्घाटन समारोह मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्माको अध्यक्षता, नगर प्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता तथा प्रशासन शाखा प्रमुख प्रकाश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रशासन शाखा प्रमुख घिमिरेका अनुसार दोस्रो र तेस्रो दिनको तालिम रूद्रावती वहुमुखी क्याम्पस स्थित नगरपालिको सभाहलमा सम्पन्न हुने छ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय