बागलुङ: बागलुङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बागलुङ नगरपालिका वडा नम्बर १ का ५३ वर्षीय महिला, वडा नम्बर ३ का ३१ र २५ वर्षीय पुरुष, वडा नम्बर ४ का १४ वर्षीय पुरुष र १८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।
बागलुङमा हाल १८ जना सक्रिय संक्रमित छन्। सबै होम आइशोलेसनमा रहेको बताइएको छ। बागगलुङमा कोरोना संक्रमित हुनेको संख्या १०१५ पुगेको छ।





