लगातार तेश्रो पटक प्रथम स्थान हासिल गरी त्रिभुवनले जित्यो रनिङ सिल

लगातार तेश्रो पटक प्रथम स्थान हासिल गरी त्रिभुवनले जित्यो रनिङ सिल

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– सागर भण्डारी

गुल्मी: मुसिकोट नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङ सिल प्रतियोगीता सम्पन्न भएको छ। नगरपालिका शिक्षा शाखाको आयोजनामा यहि चैत्र १६ गतेदेखि ग्वादिकाचौर खेल मैदानमा संचालन भएको विद्यालय स्तरीय तेश्रो रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको हो।

मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले उद्घाटन गर्नुभएको कार्यक्रमको समापन समारोहको प्रमुख आतिथ्यता नगरउपप्रमुख कमला शर्माले गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि शर्मालेे खेलकुदको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र खेल पर्यटनको विकासका लागि खेलकुदका पूर्वाधार विकास गर्न नगरपालिका लागि परेको बताउनुभयो ।

मुसिकोट नगरपालिका अन्तर्गतका १५ विद्यालयका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा १४ स्वणर् ८ रजत ७ कास्य पदक प्राप्त गरी त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ६ कुर्घा भुवाचिदी प्रथम भएको छ । त्यस्तै ५ स्वणर् ३ रजत र २ कास्य पदक सहित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ५ ईन्द्रेगौँणा द्धितिय र ४ स्वणर्,९ रजत र ५ कास्य पदक सहित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सार तृतीय भएको छ।

लगातार तीन पटक राष्ट्रपति रनिङ सिल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गरी त्रिभुवन माविले सील्ड प्राप्त गरेको छ । यस अगाडीका प्रथम र द्वितिय रनिङ सिल्डमा छात्र छात्रा भलिबल प्रतियोगीता, छात्र छात्रा कबड्डी प्रतियोगीता,ऐथ्लेटिक्स, मार्सल आर्टस लगायतका खेलकुद कार्यक्रम सम्पन्न भएका छन्।

यसैबीच सोही अवसरमा कर्मचारी जनप्रतिनिधिबीच मैत्रीपूणर् भलिबल खेलकुद पनि सम्पन्न भएको छ । उक्त प्रतियोगीतमा जनप्रतिनिधिको समुहले प्रथम स्थान हासिल गरेको छ।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका प्रमुख डिल्ली विकको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्तेलले गर्नुभएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय