सुर्योदय युवा क्लब, मुसिकोट-८, वामीमैदान, गुल्मीको वार्षिकोत्सव सम्पन्न

सुर्योदय युवा क्लब, मुसिकोट-८, वामीमैदान, गुल्मीको वार्षिकोत्सव सम्पन्न

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– गोविन्द कंडेल

गुल्मी: सुर्योदय युवा क्लब, मुसिकोट नगरपालिका, वडा नं. ८, वामीमैदान गुल्मीले आफ्नो २७ अाैँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। बार्षिकोत्सवको अवसरमा क्लबले यही फागुन १४ गते देखि १६ गते सम्म वामीमैदानमा खुल्ला पुरुष भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।

सुर्योदय युवा क्लबका अध्यक्ष सन्दिप खत्रीले सेरोफेरो नेपाललाइ दिएको जानकारी अनुसार खुला पूरूष भलिवल तर्फ १६ टिमले सहभागीता रहेको थियो। १६ टिम विच भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक टिम सुर्योदय युवा क्लव ए विजेता हुन सफल भएको छ भने वसन्त युवा परिवार गल्कोट नगरपालिका वडा नं. ११ वाग्लुङ्ग उपविजेता वनेको छ । खुल्ला पुरुष भलिवलका बिजेता टिमले २५ हजार ५ सय २५ र उप विजेताले १५ हजार ५ सय २५ नगदका साथै मेडल र प्रमाण पत्र हात पारेको छ। त्यसै गरि खेलमा उत्कृष्ट र अनुशासित खेलाडिहरूलाइ जनही १ हजार ५ सय नगद, प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो।

खुल्ला पूरूष भलिवल एवं साँस्कृतिक कार्यक्रमको समापन समारोहको प्रमुख अथितिको रूपमा नेपाल सरकारका पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा गुल्मी क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद गोकर्ण राज विष्ट उपस्थित हुनु भएको थियो।

उद्घाटन कार्यक्रममा प्रमुख अथितिका अतिरिक्त विशिष्ट अथिति मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल मुसिकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक हरी छन्तेल, वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटा, वामी सेवा समिति जापानका महासचिव गोकुल खत्री, विभिन्न राजनितिक दल तथा सामाजिक सँस्थाका प्रमुख तथा प्रतिनिधीहरूको उल्लेख्य सहभागिता रहेको थियो। वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त खुला पुरूष भलिबल प्रतियोगिता सन्चालनका लागि लुम्बिनी प्रदेश स्तरिय रेफ्री द्वय नविन छन्तेल र शोम दर्लामीले सहजिकरण गर्नु भएको थियो।

साथै आज समापन समारोहमा चर्चित कलाकारहरू ऒम सेन्चुरी, धनमाया राना, कमल वराल लगायतको विशेष साँगिति प्रस्तुती रहेको थियो।

समापन कार्यक्रम सुर्योदय युवा क्लवका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता एवं क्लवका वरिष्ठ सल्लाहकार ज्ञानहरी सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।

फोटो साैजन्य: उज्ज्वल खत्री

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय