पूर्व मन्त्री गोकर्ण विष्टद्वारा मुसिकोटमा वडा कार्यालय भवनको शिलान्यास सम्पन्न

पूर्व मन्त्री गोकर्ण विष्टद्वारा मुसिकोटमा वडा कार्यालय भवनको शिलान्यास सम्पन्न

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– गोविन्द कंडेल

गुल्मी: गुल्मीको जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ८ को वडा कार्यालय भवनको शिलान्यासलान्यास कार्यक्रम मुसिकोट नगरपालिका वडा नं. ८, वामी मैदानमा सम्पन्न भएको छ। आइतबार नेपाल सरकारका पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं गुल्मी जिल्ला क्षेत्र नं. २ का प्रतिनिधी सभा सांसद गोकर्णराज विष्ट द्वारा वडा कार्यालय भवनको शिलान्यस कार्यक्रम भएको हो।

बहुवर्षिय योजना अन्तर्गत निर्माण हुने उक्त वडा कार्यालयको प्रशासनिक भवनका लागी यस वर्ष सांसद विकास कोष अन्तर्गत विनियोजित रकम रू ३० लाखको काम हुने वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटाले सेरोफेरो नेपाललाइ जानकारी दिनु भयो।

शिलान्यास कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका सांसद विष्टले समयमै यसको ठेक्का टेन्डर प्रक्रिया अगाडी वढाइ कार्य सम्पन्न गर्न र जती सक्दो छिटो सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्न आग्रह समेत गर्नु भयो , साथै वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न गर्नका लागी आवश्यक पर्ने थप बजेटको व्यवस्थाका लागी आफुले सहजिकरण गर्ने वताउनु भयो।

वडा नं. ८ को कार्यालयले हाल साविक वामी गा.वि.स.को पुरानो भवनबाट प्रशासनिक सेवा प्रदान गर्दै आइरहेको छ । सिलान्यास कार्यक्रम मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाको अध्यक्षता तथा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको सञ्चालनमा सम्पन्न भएको थियो।

फोटो साैजन्य: उज्ज्वल खत्री

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय