मुसिकोटमा देउसी भैलो खेलेर जम्मा गरेको रकमले पौवा निर्माण

मुसिकोटमा देउसी भैलो खेलेर जम्मा गरेको रकमले पौवा निर्माण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– गम्भीर खत्री

गुल्मी:   मुसिकोट नगरपालिका-८, आपँचौरमा श्री जानकी प्रगतिशील आमा समूहद्वारा एक पौवा निर्माण कार्य सुरु भएको छ।

लक्ष्मी भण्डारी अध्यक्ष र सचिव सम्झना खत्री लगायत अन्य ३० सदस्य भएको यस श्री जानकी प्रगतिशील आमा समूहले स्थापना भएको १० बर्ष सम्म देउसी भैलो, विदेशी लाहुरे आउदा गरेको सक्दो सहयोग रकम संकलन गरि आपँचौरमा पौवा निर्माण तथा सित्तलपोखरी र चौपारी मर्मत कार्य सुरु भएको समूहकी अध्यक्ष लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।

मिति २०७७ साल फाल्गुन ३ गते समूहकी अध्यक्ष लक्ष्मी भण्डारीको अध्यक्षतामा बसेको बैठकले आँपचौरमा पौवा निर्माण तथा शित्तलपोखरी, चौपारी र पोखरी मर्मत कार्य गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय भएपछि तत्काल पौवा निर्माणको काम सुरु गरिएको र यो महिना भित्रमा पौवा निर्माण काम सम्पन्न हुने पौवा निर्माण समितिका अध्यक्ष मान बहादुर रायमाझीले जानकारी दिनुभयो।

त्यसै गरी यस आमा समूहले विभिन्न पार्टीपौवा निर्माण, धार्मिक कार्य, मोटरबाटो र खानेपानी जस्ता आवश्यक कार्यमा समूहले सक्दो सहयोग गर्दै आएको छ।

त्यस्तै गरी विभिन्न पुजापाठ, विवाह, वर्तबन्ध जस्ता विविध कार्यको लागि आवश्यक पर्ने भाँडाकुडा लगायतका अन्य सामाग्री उपलब्ध गराइदै आएको समूहकी सचिव सम्झना खत्रीले बताउनुभयो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय