जन्मदिन मनाउने खर्च असहाय र अपांगलाई सहयोग

जन्मदिन मनाउने खर्च असहाय र अपांगलाई सहयोग

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– महेन्द्र कौशल

गुल्मी: भनिन्छ “ढुङ्गालाई पुजेर भन्दा गरिबलाई सहयोग दान गर्दा पुन्य मिल्छ।” धेरैले बुझेको हुँदैनन कतिपय व्यक्ति आफ्नो ब्यक्तिगत खर्चलाई गरिबी, निमुखालाई सहयोग दान दिएर आत्मा सन्तुष्टि तथा ब्यक्तिगत खर्च गरेको महसुस गरेका हुन्छन।

त्यस्तै हाल फिनल्यान्डमा रहनुहुने महान व्यक्तित्व सामाजिक अभियान्ता गणेश भण्डारि र श्रीमती तारा भण्डारीको छोरी वर्षा भण्दारीको जन्मदिन रहेको थियो सो जन्मदिन मनाउने खर्चबाट एकल महिला लाटी आमा र टुहुरा भाइहरु लाई सहयोग शिक्षिका पार्वती भन्डारीको मात्गतमा प्रदान गर्नुभएको थियो।

गुल्मी जिल्ला मुसिकोट नगरपालिका ५ धुमीमा बस्दै आएकी एकल महिला लाटी आमाको छोरा र बुहारी एक महिनाको अन्तररालमा स्वर्गबास भए पछि दुई भाइ नातीहरुको बिचल्ली भएको थियो।

बुहारी पार्वती बिक ट्याक्टर दुर्घटना हुँदा र छोरा गोपल विक आत्महत्याको करणले दुई छोरा गोबिन र प्रविन साहरा बिहिन भएका थिए। सो दुख र बेदना भिडियो सामग्री मार्फत अमलाबोट अन्लाइन नामक युटुब मार्फत सार्बजनिक भएको थियो। सो दुख बुझेर “जन्मदिन बरु पछि गरौला भोको पेट भर्ने” भन्दै लाटि आमालाइ सहयोग दिएको कुरा सामाजिक अभियान्ता गणेश भण्डारीले बताउनु भयो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय