लिस्बन: बाग्लुङ समाज, पोर्चुगलका संस्थापक अध्यक्ष कुबिर मल्लको शनिवार निधन भएको छ।
मल्लको बिहान सान्तिआग्वा दे कसाई अस्पताल, अलेन्तेजुमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। भूतपूर्व भलिबल खेलाडी समेत रहेका मल्ल ठकुरी समाज, पोर्चुगलका संस्थापक अध्यक्षको रुपमा रहेका थिए।
पोर्चुगलमा लामो समयदेखि समाजसेवा गरिरहेका उनको मृत्युको खबरले पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ।





