गुल्मी बन्यो कोरोना संक्रमित शून्य भएको जिल्ला

गुल्मी बन्यो कोरोना संक्रमित शून्य भएको जिल्ला

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: गुल्मीमा कोरोनाभाइरस संक्रमितको संख्या शून्य भएकोे छ। जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेपछि गुल्मी संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताउनुभयो।

जिल्लामा हालसम्म ५ हजार ९६१ जनाको कोरोना परीक्षण गरिएकोमा ९६५ जनामा संक्रमण पुष्टि भएको थियो। जसमा ९ सय ५२ जना कोरोनामुक्त भएर घर फर्केका छन्। त्यसैगरी बाँकी १३ जनाको भने निधन भएको थियो।

हाल गुल्मीमा होम आइसोलेसनमा बस्नेहरुको संख्या पनि शून्य रहेको आचार्यले बताउनुभयो।

जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दोस्रो चरणको पनि कार्यक्रम सम्पन्न भएको छ। पहिलो र दोस्रो चरणको तथ्याङ्क अनुसार हालसम्म ४ हजार १७५ जनाले कोरोनाविरुद्धको खोप लगाएको आचार्यले बताउनुभयो।

कोरोनाभाइरस महामारीको सुरुवात भएको केही महिनाबाट जिल्लामै परिक्षणको व्यवस्था भएको गुल्मी हालभने कोरोना मुक्त जिल्ला बन्न सफल भएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय