गुल्मीको वामीटक्सारमा केन्द्रीय विद्युतको सफल परिक्षण, कार्यालयमा जाेडियो, अब घर-घरमा कहिले?

गुल्मीको वामीटक्सारमा केन्द्रीय विद्युतको सफल परिक्षण, कार्यालयमा जाेडियो, अब घर-घरमा कहिले?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

– गोविन्द कँडेल

गुल्मी: मुसिकोट नगरपालिका, वडा नं. ७, वामीटक्सार, गुल्मीमा विस्तार गरिएको नयाँ लाइनमा केन्द्रिय प्रसारणको विद्युत परिक्षण सफलता पूर्वक सम्पन्न गरिएको छ।

साथै आज नै मुसिकोट नगर कार्यपालिकाको कार्यालयमा केन्द्रिय प्रसारणको विद्युत जडान समेत गरी प्रयोग सुरू गरिएको छ।

अबको ३-४ दिन भित्र नै वडा नं. ७ मा मिटर वितरणको लागि सिविर सञ्चालन गरी सर्वसाधारणका लागि मिटर वितरण गरिने र घर-घरमा विद्युत लाइन विस्तार गरिने नेपाल विद्युत प्राधिकरण, गुल्मी वितरण केन्द्रले जानकारी दिएको छ।

हाल मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारमा दरमखोला लघु जल विद्युत परियोजना मार्फत विद्युत सञ्चालनमा छ तर उक्त विद्युतमा प्रयाप्त भोल्टेज नहुनु र विद्युत सेवा नियमित नहुँदा नागरिकहरूले हैरानी भोग्दै अाइरहेका छन। अब केन्द्रीय विद्युत नियमित हुने भए पछि नागरिकहरूको मनमा आशा पलाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय