मोटरसाइकल दुर्घटनामा बाग्लुङका केसीको ज्यान गयो

मोटरसाइकल दुर्घटनामा बाग्लुङका केसीको ज्यान गयो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पर्वत: जिल्लाको जलजला गाउँपालिका-८, खनियाँघाटमा ध १ प ८९५८ नंबरको मोटरसाइकल दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी बागलुङ नगरपालिका-२ का ३७ वर्षीय बाबुराम केसीको ज्यान गएको हो। दुर्घटनामा परेका केसीको तत्काल उद्धार गरी प्रहरीले धौलागिरी अस्पतालमा पुर्याएको थियो। अस्पतालले केसीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिषकुमार श्रेष्ठले जानकारी दिनुभयो।

मोटरसाइकल सडकबाट अन्दाजी २२ मिटर तलको खोँचमा खसेको प्रहरीले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय