गुल्मी: गुल्मीमा एक वृद्धा आफ्नै ओछ्यानमा मृत फेला परेका छन्।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका, वडा नम्बर तीनका ८७ वर्षीय पुरुष नन्द कुमार ज्ञवाली आफ्नै ओछ्यानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गएराती उनको शव आफ्नै ओछ्यानमा फेला परेको हो।
साथै घटना रहस्यमय देखिएको कारण एक जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेले बताए।
घटनाबारे थप अनुसन्धान थालिएको गुल्मी प्रहरीले जनाएको छ।




