बढार्नुपर्ने फोहोर हावाले उडायो: श्रेष्ठ

बढार्नुपर्ने फोहोर हावाले उडायो: श्रेष्ठ

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: लुम्बिनी प्रदेशका प्रदेश सांसद कमलराज श्रेष्ठले बढार्नुपर्ने फोहोरलाई हावाले उडाएको बताएका छन्। पछिल्लो समय नेकपामा देखिएको विभाजनलाई इंगित गर्दै उहाँले पार्टीमा केही चरित्रहरु फोहोर चरित्रको रुपमा रहेका र उनीहरुलाई बढार्नुपर्ने आवश्यकता रहेपनि समयसगैं हावाले आफै उडाएर लगेको बताए।

प्रधानमन्त्री ओली निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुसिकोटको नगरस्तरीय अगुवा कार्यकर्ता अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले पार्टीको असहयोगका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुपरेको बताए । उनले नेकपाबाटै प्रधानमन्त्रीलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने जस्ता कार्य अगाडि बढाएपछि संसद विघटनको अवस्था आएको बताउँदै नेपालमा केपी ओली नेतृत्वको सरकारबाहेक अरुले काम गर्न नसकेको दाबी गरे।

सचिवालयका ७५ वटा बैठक बस्दा एकपटक पनि देशको बारेमा नबोल्ने र खालि केपी ओलीलाई सरकार देउ मात्रै भन्ने गरेकाले देशलाई बचाउन ओलीले संसद विघटन गर्नुपरेको उनको भनाई छ । प्रधानमन्त्रीको निर्देशन नमान्ने र देशभर विकासको लहर चलेका असफल बनाउन पार्टी भित्रैबाट लाग्दा यस्तो परिणाम आएको धारणा उनको थियो।

“प्रचण्डको ढाडमा टेकेर अरुलाई टाउकोमा हान्ने बानी रहेछ, माधव नेपालले फेरी ढाड थापिदिनुभएको छ हेरौँ प्रचण्डले फेरी माधवलाई पनि टाउकोमा हान्नेछन्”,उनले भने । त्यस्तै प्रचण्ड माधव समुहका केही नेताहरु ससंद विघटन पछि सडकमा हामी यहाँ छौँ भन्दै आउनु हामी पछारिएर यहाँ आयौँ भन्न खोजेको भन्दै व्यंग्य समेत गरे।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय