कौरव खत्री
बाग्लुङ: नेपाल महिला संघ बागलुङको बैठक शनिवार गलकोटमा सम्पन्न भएको छ।
बैठकलाई सम्बोधन गर्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले देशको वर्तमान राजनैतिक अवस्था जटिल परिस्थितीमा रहेको बताउनुभयो।
उहाँले देशको जटिल परिस्थितीमा नेपाल महिला संघ चुप लागेर बस्न नहुने बताउदै गम्भिर परिस्थितीलाई सुरक्षित अवतरण गराउन नेपाल महिला संघले विशेष भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
विकेन्द्रिकरणको अवधारणा अनुुुसार जिल्ला कार्यसमितिको बैठक आज गलकोटमा सञ्चालन भएको बैठकमा जिल्लाका प्रत्येक पालिकामा जिम्मेबारी प्रदान गर्ने निर्णय गरेको छ। बाग्लुङ जिल्लाका १० वटै स्थानिय तहमा संगठन विस्तार तथा सृदृढिकरण अन्तरर्गत नेपाल महिला संघ बागलुङले जिम्मेवारी प्रदान गरेको हो।

जस अन्तरर्गत बागलुङ नगरपालिकामा पिङगला खड्का काठेखोला गाँउपालिकामा चित्रकला कार्की, जैमिनी नगरपालिकामा भगवति सापकोटा, गलकोट नगरपालिकामा मिना श्रेष्ठ, बढिगाड गाँउपालिकामा कल्पना खरेल, ढोरपाटन नगरपालिकामा रत्ना सेरचन, ताराखोला गाँउपालिकामा चन्द्रकली घर्ति, निसिखोला गाँउपालिकामा कीम कुमारी छन्त्याल, बरेङ गाँउपालिकामा पार्वती शर्मा र तमानखोला गाँउपालिकामा मानसरी सेरचन जिम्मेवारी प्रदान गरिएको छ।
बैठकले शोभा कार्की, मानसरी सेरचन, चन्द्रकली सेरचन र कौशिला बि.कलाई आमन्त्रित सदस्यमा मनोनित गर्दैे, नयाँ संरचना अनुसारको समायोजन अन्तरर्गत क्षेत्र नं १ मा हुमा रिजाल क्षेत्र नं २ मा लिलमाया पुन क्षेत्र १ क मा कमल पराजुली, ख मा चन्द्रा शर्मा क्षेत्र नं २ क मा कमला ढकाल, ख मा हिरा कुमारी छन्त्याललाई अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।
बैठकले नेपाली क्रागेस बागलुङ जिल्ला क्षेत्र नं १ प्रदेश सचिव विकास पौडेल, टेड्र युनियन काग्रेसका केन्द्रिय सदस्य दुर्गादत्त आचार्य लगायत दिवांगत आत्मप्रति शोक प्रस्ताव पारित गरेको नेपाल महिला संघ बाग्लुङका अध्यक्ष सकुन्तला शर्माले जानकारी दिनुभयो।
बैठकमा नेपाल महिला संघका केन्द्रिय सदस्य रेनुका काउचा, पार्वती आचार्य, महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, जिल्ला सदस्य गण्डकी थापा, फर्म बहादुर खत्री क्षेत्र नं २ प्रदेश क का सभापति राम बहादुर खत्री नेपाली काग्रेस गलकोट नगरउपसभापति यज्ञ प्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो।
बैठक नेपाल महिला संघ बागलुङका अध्यक्ष सकुन्तला शर्माको अध्यक्षता र सचिव उषा पौडेलको सम्पन्न भएको थियो ।




