गुल्मीमा नेकपा विभाजन समिकरण: को बलियो?

गुल्मीमा नेकपा विभाजन समिकरण: को बलियो?

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रेम सुनार

गुल्मी: नेपाल कम्युनिस्ट पार्टी नेकपा गुल्मीमा प्रचण्ड नेपाल समुहको बर्चस्व देखिएको छ । नेकपाका जिल्ला सचिव बिरबहादुर कार्कीले पार्टी  दुई धारमा विभिाजित नहुँदा जिल्ला कमिटी १ सय ४६ जनाको रहेकोमा १ सय ५ जना जिल्ला कमिटी सदस्यहरु प्रचण्ड नेपाल समूहमा रहेको शनिवार जानकारी दिए।
बाँकी ४१ जना मध्ये ५ जना कतै नखुलेको ३५ जना मात्र मात्र ओली समुहमा गएको उनले बताए ।  त्यस्तै ४९ जना सचिवालय सदस्य रहेकोमा २८ जना प्रचण्ड नेपाल समुहमा र १८ जना ओली समुहमा गएको उनले स्पष्ट पारे ।  त्यस्तै  नेकपाबाट विजयी भएका १९ जना प्रमुख र उपप्रमुख मध्ये १७ जना प्रचण्ड  नेपाल समुहमा रहेको र २ जना मात्रै ओली समुहमा गएको  कार्कीले बताए।
त्यस्तै प्रदेश कमिटीमा  १२ जना मध्ये वोमबहदुर खड्काको निधन भएको र बाँकी ११ जना मध्ये प्रचण्ड नेपाल समुहमा ८ जना रहेको र ३ जना मात्रै ओली समुहमा गएको पार्टी कमिटीको विवरणमा उल्लेख छ।
त्यस्तै गुल्मीबाट ४ जना केन्द्रीय सदस्य मध्ये ३ जना केन्द्रीय सदस्य  प्रचण्ड नेपाल समूहमा रहेको र एक जना प्रदीप ज्ञवाली मात्रै ओली समूहमा गएको उनले  पार्टी सचिवालयको बैठकमा विवरण पेस गरे।
उनले  पार्टी एक हुँदा अध्यक्ष रहेका मधुकृष्ण पन्त ओली समुहको अध्यक्ष बने पनि उनकै छत्रकोट गाउँपालिकामा प्रचण्ड नेपाल समूहको बहुमत रहेको र विशेष गरि युवाहरुको समूह धमाधम प्रचण्ड समूहमा  फर्किएको दावी  गरे।
त्यस्तै गुल्मीबाट ४ जना केन्द्रीय सदस्य मध्ये ३ जना केन्द्रीय सदस्य प्रचण्ड नेपाल समूहमा रहेको र एक जना प्रदीप ज्ञवाली मात्रै ओली समूहमा गएको उनले पार्टी सचिवालयको बैठकमा विवरण पेस गरे।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय