गुल्मीका छ स्थानमा परिवार नियोजनसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुँदै

गुल्मीका छ स्थानमा परिवार नियोजनसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुँदै

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

हुमाकान्त पोखरेल

गुल्मी- गुल्मीका छ स्थानमा परिवार नियोजनसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । स्वास्थ्य कार्यालय, गुल्मीको आयोजना तथा परिवार नियोजन संघ, पाल्पा शाखाको सहयोगमा स्वास्थ्य शिविर हुने भएको हो।

शिविरमा परिवार नियोजनको स्थायी बन्ध्याकरण पुरुषको लागि भ्यासेक्टोमी र महिलाको लागि मिनिल्याप सेवा उपलब्ध हुने परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीले जानकारी दिए। कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट स्वास्थ्य चौकीमा फागुन १४ गते, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर स्वास्थ्य चौकीमा फागुन १६ गते, सत्यवती गाउँपालिकाको जोहाङ्ग स्वास्थ्य चौकीमा फागुन १८ गते शिविर संचालन हुने कार्कीले बताए।

त्यस्तै मुसिकोट नगरपालिकाको बडागाउँ स्वास्थ्य चौकीमा फागुन २० गते, मदाने गाउँपालिकाको बाँझकटेरीमा फागुन २२ तथा तम्घासस्थित गुल्मी अस्पतालमा फागुन २४ गते निःशुल्क स्वास्थ्य शिविर हुने स्वास्थ्य कार्यालयले जनाएको छ। बडागाउँ स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सरको पनि जाचँ हुने भएकोले ३० बर्षभन्दा माथिका महिलाहरुलाई उपस्थित हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।

मिनिल्याप सेवा लिने महिलाहरुलाई भने खालि पेट उपस्थित हुन र एकजना सहयोगी लिएर आउन पनि अनुरोध गरिएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । भ्यासेक्टोमी तथा मिनिल्याप सेवाको लागि बुटबलबाट डाक्टरहरु आउने आचार्यले बताए ।

 

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय