महामारीअघिकै अवस्थामा फर्कियो आयात, निर्यातको वृद्धि सामान्य

महामारीअघिकै अवस्थामा फर्कियो आयात, निर्यातको वृद्धि सामान्य

साहसी खबर
4 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

फागुन, ७ काठमाडौं / नेपालमा वस्तु आयातको ग्राफ कोरोना भाइरसको महामारी शुरु हुनु भन्दा अगाडि कै अवस्थामा फर्किएको छ । चालु आर्थिक वर्ष २०७७र७८ को सातौं महिना ९साउन(माघ० बित्दा वस्तु आयात गत आवको यसै अवधिमा भएको आयातकै हाराहारीमा पुगेको हो ।चालु आवको ७ औं महिनासम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएको थियो ।

गत आवको यो अवधिमा कोरोनाको महामारीले मुलुकको अर्थतन्त्र प्रभावित बनेको थिएन । तर, यो वर्षको प्रारम्भिक तीन महिना कोरोनाबाट अर्थतन्त्र प्रभावित बनेको थियो । तर, वस्तु आयात भने सुरुदेखि नै कमजोर बनेन ।अन्ततः सातौ महिनामा पुग्दा गत आवको भन्दा पनि बढी वस्तु आयात भएको भन्सार विभागको आँकडाले देखाएको छ ।१ महिनामा १४२ अर्बको आयात तथ्यांक अनुसार माघ महिनामा मात्र नेपालले विदेशबाट १ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तथ्यांकअनुसार पुससम्म कुल आयात ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

कोरोना भाइरसका कारण मुलुकभित्र अर्थतन्त्रका धेरैजसो क्षेत्र प्रभावित बने पनि यसले वैदेशिक व्यापारमध्ये आयातमा भने कुनै प्रभाव नपारेको देखिएको छ । यो अवधिमा निर्यातमा सामान्य वृद्धि देखिएको छ ।यद्यपी निर्यातको ग्राफमा उत्साह थप्ने वस्तुहरु भने छैनन् । तेस्रो मुलुकबाट कच्च पदार्थ आयात गरी नेपालमा प्याकेजिङ तथा प्रशोधन भई भारत निर्यात गरेकै आधारमा केही वस्तुका कारण निर्यातको ग्राफ माथि देखिएको हो ।७ महिनामा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ । माघ महिनामा ६ अर्ब हाराहारीको मात्र वस्तु निर्यात भएको छ ।

आयातको ग्राफ ओरालो लागेको र निर्यात बढेका कारण छैटौं महिनासम्म व्यापार घाटा समेत सुधारोन्मुख थियो । तर, सातौ महिनामा जाँदा व्यापार घाटा समेत अब माइनसमा जाने अवस्थामा पुगेको छ ।किनकी यो महिनादेखि आयात उकालो लागेको छ । ७ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार ८ खर्ब ७३ अर्ब ५६ करोड पुगेको छ । कुल वैदेशिक व्यापारको आकार अघिल्लो आवको यसै अवधीको तुलनामा ०।५७ प्रतिशतले सुधार आएको छ ।

तथ्यांकअनुसार ७ महिनाको अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ । यो गत आवको तुलनामा मात्र ०।६६ प्रतिशत कम हो ।गत आवमा ७ खर्ब ३७ अर्बको व्यापार घाटा थियो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत पुगेको छ । निर्यातको हिस्सा मात्र ८ प्रतिशत छ ।१ खर्ब माथि पेट्रोलियम पदार्थको आयातसातौं महिनासम्म आइपुग्दा यो वर्ष नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको छ । यस्तो आयात १ खर्ब भन्दा माथिको मूल्यमा पुगेको छ । तथ्यांक अनुसार यो अवधिसम्म १ खर्ब ४७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

यो अवधिमा निर्माण क्षेत्रमा प्रयोग हुने फलाम तथा स्टीलको आयात ८० अर्ब २४ करोड हाराहारीको भएको छ । ५३ अर्ब २५ करोड रुपैयाँ बराबरको सवारी साधन समेत यसै अवधिमा आयात भएको छ ।यो अवधिमा ६३ अर्ब २१ करोड रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामानको आयात भएको छ । यसमा मोवाइलको हिस्सा अधिक छ । यो अवधिमा नेपालले तरकारी मात्र २२ अर्ब ३९ करोड रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले यो अवधिमा १ सय ४८ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ ।

अनलाइनखबर

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय