किशोरीहरुको स्वास्थ्य सुधार गर्न आईरन चक्की खुवाईयो !

किशोरीहरुको स्वास्थ्य सुधार गर्न आईरन चक्की खुवाईयो !

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,गुल्मी । मालिका गाउँपालिकामा किशोरीहरुलाई आईरन चक्की खुवाउन थालिएको छ । किशोरीहरुको स्वास्थ्यमा ध्यान दिँदै पोषणको दिगो विकास लक्ष्य हासिल गर्न किशोरीहरुलाई आईरन चक्की खुवाउन थालिएको बताईएको छ ।

मालिका गाउँपालिकाको आयोजना र एकीकृत ग्रामिण विकास समाजद्धारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा आइरन चक्की खुवाउन सुरु गरिएको हो । प्रजनन उमेरका किशोरीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर रक्तअल्पता सहित अन्य विभिन्न रोगबाट बच्न आजदेखि गाउँपालिका भित्र रहेका सम्पूणर् किशोरीहरुलाई आईरन चक्की खुवाउन सुरु गरिएको सुआहारा कार्यक्रमका पालिका स्तरीय पोषण सहजकर्ता भिम बहादुर विष्टले जानकारी दिनुभयो ।

१० देखि १९ वर्ष उमेर समुहका किशोरीहरुलाई आईरन चक्की खुवाउन विद्यालय र स्वास्थ्यकर्मीहरुलाई जिम्मा दिईएको उहाँले बताउनुभयो । जसअन्तर्गत विद्यालयमा अध्ययनरत किशोरीहरुलाई विद्यालयबाटै र विद्यालय भन्दा बाहिर रहेका किशोरीहरुलाई स्वास्थ्य स्वयंसेविकाहरुको पहलमा आईरन चक्की खुवाउन सुरु गरिएको बताईएको छ ।

यसका लागि सुआहाराको प्राविधि सहयोग र गाउँपालिकाको आयोजनामा पालिका अन्तर्गत रहेका विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरुलाई प्रशिक्षण समेत दिईएको थियो । आज गाउँपालिकाका १७ वटा विद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई एकैसाथ आईरन चक्की खुवाईएको छ ।

किशोरीहरु १० देखी १९ वर्ष भित्र रजस्वला हुने र त्यस बखत बढी रगत बग्ने हुँदा रक्तअल्पता नहोस भनेर आइरन चक्की खुवाउने अवधारणा सुआहाराले लिएको विष्टले बताउनुभयो । उक्त आईरन चक्की पहिलो १३ हप्तामा १३ दिन १ /१ वटा क्याप्सुल खुवाईने र फेरी १३ हप्ता ग्याप गरी सोही मात्रामा क्याप्सुल खुवाईने जानकारी दिनुभयो ।

यस कार्यक्रमले बाल मृत्युदर र नवजात शिशु मृत्युदर कम गर्न समेत महत्वपूणर् भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । जनप्रतिनिधि, विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा किशोरीहरुलाई आईरन चक्की खुवाईएको विष्टले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय