सागर भण्डारी,बडिगाड अनलाइन । परोपकार बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड मुसिकोट नगरपालिका ७ वामीको १५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको आफ्नै भवनमा सम्पन्न साधारण सभाको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मेयर सापकोटाले सहकारीहरु आर्थिक विकासका मेरुदण्ड भएको बताउनुभयो ।
साथै उहाँले सहकारीमा आवद्ध भएर पछिल्लो समय थुपै्र ठाउँमा आर्थिक क्रियाकलाप सञ्चालन भएको बताउँदै सहकारीहरु नाफामूलक नभई सेवा मुलक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका अवसरमा सहकारीका अध्यक्ष गोपीकृष्ण खरेलले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो त्यस्तै सस्थाका लेखा समितिका सदस्य लिलाधर घिमिरेले ६ करोड ५६ लाख बराबरको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा संस्थाको शेयर पुँजी, लगानी र मुनाफाका विषयमा जानकारी गराईएको थियो ।

कार्यक्रममा मुसिकोट ८ का वडाध्यक्ष नारायण सापकोटा , शारदा विद्यामन्दिर माबिका प्रधानाध्यापक ज्ञानहरी सापकोटा लगायतको उपस्थित रहेको थियो सस्थाका सदस्य गोपाल नेपालिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सस्थाका अध्यक्ष गोपिकृष्ण खरेलको अध्यक्षता रहेको थियो भने सन्चाललन सचिव कल्पना घिमिरेले गर्नुभएको थियो ।
सहकारीमा हाल १ हजार ९ सय १५ जना शेयर सदस्य आबद्ध रहेका छन् । त्यस्तै संस्थाले आफ्ना सदस्यहरुलाई बचतमा प्रेरित गर्न नियमित दैनिक, मासिक बचत जस्ता कार्यक्रम सञ्चालन गरेको छ ।
मुसिकोट नगरपालिकाको ९ वटै वडा र बाग्लुङको बडिगाड गाउँपालिकाको वडा नं १ र २ मा कार्यक्षेत्र बनाएको सहकारीले ८५ किलोवाट लघुजलविद्युत समेत उत्पादन गरेको छ । जुन विद्युत मुसिकोट नगरपालिकाको वडा नं १ २ र ८ नं वडाका उपभोक्ताहरुले उपभोग गर्दै आईरहेका छन् ।




