छविलाल पाण्डे,बाग्लुङ । जिल्लाको निसीखोला गाउँपालिकाले भौतिक पुर्वाधारमा फड्को मार्दे गएको छ । गतबर्ष पालिकाले टहरो निर्माण गरेर आफनै भवनदेखि सेवा सुचारु गरेको थियो । यसबर्ष डेढ करोड लागतमा प्रशाशकीय भवन निर्माण भइरहेको छ ।
प्रदेश सरकार र गाउँपालिकाको स्वामित्वमा बन्दै गरेको भवन एक सभाहल सहित ७ कोठाको वन्ने भएको हो । फाल्गुनसम्म निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम अगाडी बढाइरहेको छ ।
गण्डकी प्रदेश सरकारको एक करोड र निसीखोला गाउँपालिकाको पचास लाख गरी डेढ करोड लागतमा निर्माणधिन अवस्थामा रहेको उक्त भवन सम्पन्न भएसँगै गाउँपालिकाले थप सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । स्थानियले पालिकाका निम्ती निशुल्क उपलब्ध बनाएको जग्गामा पालिकाको भवन निर्माण भइरहेको हो ।
वडा भवन
त्यसैगरी पालिकाले सबै वडामा आफनै वडा कार्यालय भवन बाट नागरीकलाई सेवा दिने गरी भवन अभाब रहेका वडामा वडा कार्यालयको भवन निर्माण प्रकृया अगाडी बढाएको छ । वडा नं.१ मा साविक गाविस भवनबाट सेवा दिइएको छ । उक्त भवन पहिल्यै रहेका कारण वडा नं.१ ले आफनै भवनबाट सेवा दिएको वडा अध्यक्ष इन्द्र मल्लले बताउनुभयो ।
वडा नं.२ को भवन निर्माण सम्पन्न भएको छ । गतबर्ष निर्माण भएको वडा कार्यालय निर्माण अन्तिम चरणमा रहेका कारण केहि समयमै आफनै भवनबाट सेवा प्रवाह गरीने वडा अध्यक्ष कुविर विश्वकर्माले बताउनुभयो । हालसम्म उक्त वडा भाडाको घरमा रहेको छ । वडा नं.३ र ४ साविकको गाविस भवनबाट सेवा दिइरहेको अवस्थामा वडा नं.३ मा सघिंय सरकार मार्फत वडा कार्यालय निर्माणको तयारीमा रहेको जनाइएको छ ।
त्यसैगरी वडा नं.४ को भवन निर्माणका निम्ती जग्गा व्यवस्थापन प्रकृया अगाडी बढेका कारण यस आर्थिक बर्षमा निर्माण सु्रु हुने गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । वडा नं.५ ले व्यक्तिको घर भाडामा लिएर सेवा दिएको अवस्थामा हाल भवन निर्माण सम्पन्न भइसकेपछि आफनै भवनदेखि सेवा दिइरहेका छ । विगत तिन महिना देखि आफनै भवनदेखि सेवा सुचारु भइरहेको वडा अध्यक्षको भनाइ छ ।
वडा नं. ६ हालसम्म भाडाको घरमा छ भने वडा नं.७ ले साविकको गाविस भवनदेखि सेवा दिइएको वडा अध्यक्ष नहकुल कुवँरले बताउनु भयो ।
स्वास्थ्य
स्वास्थ्य क्षेत्रमा समेत फड्को मार्दे गइरहेको गाउँपालिकाले एक वडा एक स्वास्थ्य चौकी कार्यक्रमलाई अगाडी बढाएको छ । जसअन्र्तगत वडा नं. १ देविस्थानमा सुविधा सम्पन्न देविस्थान स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भइसकेको छ । उक्त भवनबाट सेवा प्रवाह नभएपनी निर्माण चरण सम्पन्न भइसकेको वडा अध्यक्ष इन्द्र मल्लको भनाई छ ।
वडा नं. नं.३ मा बोहोरा गाउँ स्वास्थ्य चौकीबाट सेवा दिइएको छ । वडा नं.५ मा जग्गा व्यवस्थापन भइरहेको छ भने वडा नं.६ र ७ मा भवन निर्माणको काम अन्तिम चरणमा रहेका कारण ठेकेदार कम्पनीले चाँडै हस्तान्त्रण गर्ने तयारी रहेको बुझिएको हो । गाउँपालिकाको वडा नं.२ र ४ मा वडा स्तरको स्वास्थ्य चौकी निर्माण हुन बाँकी रहेको छ ।
१५ शैयाको पालिका स्तरीय अस्पत्ताल निर्माणका निम्ती सँघ सरकार मार्फत कार्यक्रम ल्याइएका कारण यसबर्षदेखि वडा नं.४ मा अस्पत्ताल निर्माण सुरु हुने गरी गत मँसिर महिनामा सिलान्यास समेत गरीसकिएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनु भयो । जनताको महत्वपूणर् आवस्यकताको रुपमा रहेको स्वास्थ्य , शिक्षा, यातायात जस्ता विकासका पूर्वाधारले निसीखोला गाउँपालिकामा गति लिइरहेको प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बताउनुभयो ।
आर्थिक बर्ष २०७७/७८ का विकास योजना र कार्यक्रमलाई सम्झौता र निर्माण चरणमा अगाडी बढेको गाउँपालिकाले विकासका विभिन्न सुचाकाँकलाई समेटेर काम गरीरहेको र गतबर्ष कोभिड १९ का कारण प्रदेश र स्थानिय पालिकाको साझेदारीमा निर्माण रोकिएका ७ झोलुङगे पुल समेत यस आर्थिक बर्षमा सम्पन्न हुने गरी काम भइरहेको शाक्यको भनाई छ ।
झलुङगे पुल
गतबर्ष प्रदेश सरकार र निसीखोला गाउँपाकिलाको साझेदारीमा बन्न लागेका ७ झलुङगे पुल मध्य हाल निसीखोला ५ र ६ मा गरी ३ वटा पुल निर्माण सम्पन्न भइसकेको र अन्य चारवटा पुलको निर्माण कार्य सुरु भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको भनाई छ ।
जसमध्ये निसीखोला १ र ढोरपाटन नगरपालिका २ जोड्ने माडेघाट पुल, वडा नं.७ कुतखोला घाट पुल, वडा नं.२ धुवाँखोर र धौलेघाट पुल गरी ४ पुलको यस आर्थिक बर्षमा ठेकेदार कम्पनीले निर्माणलाई अगाडी बढाएका हुन् । पालिकामा दुईवटा पुराना झलुङगे पुल जिणर् रहेका कारण त्यसको व्यवस्थापनका निम्ती कार्यक्रम अगाडी बढाइने पालिका अध्यक्ष पौडेलको भनाई छ ।
मध्यपहाडी राजमार्गले वडा नं.१ देखि ६ नम्वर वडा सम्म छोएको गाउँपालिकाको ग्रामिण क्षेत्रका सडकलाई समेत प्राथमिकतामा राखेर पालिका र प्रदेश सरकार मार्फत कार्यक्रम अगाडी बढाइएको छ ।




