विदेशबाट फर्केर बडिगाडका युवाले सुरु गरे बल्व र चप्पल उत्पादन !

विदेशबाट फर्केर बडिगाडका युवाले सुरु गरे बल्व र चप्पल उत्पादन !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कमल पौडेल, खर्वाङ : बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा एलइडि बल्व तथा चप्पल उद्योग सरु भएको छ।

गल्कोट नगरपालिका ११ रिघाका तुल बहादुर राना र बडिगाड गाउँपालिका वडा नं. ४ का विर बहादुर थापा ले संयुक्त रुपमा खर्वाङमा एलइडि बल्व उत्पादन गर्ने र हवाई चप्पल निर्माण गर्ने कार्य सुरु गर्नुभएको हो।

७ वर्ष वढि मलेसिया वसेका विर बहादुर र ५ वर्ष भन्दा वढि मलेसिया वसेका तुल बहादुरले देशमै केहि गर्ने भन्दै सो उद्योग सुरु गरेको उहाँहरुको भनाई छ। ७ लाख भन्दा वढिको लगानी गरि बल्व तथा चप्पल उत्पादन गर्न थालिएको उनिहरुले तुल बहादुर रानाले जानकारी दिनुभएको छ।

बल्व तथा चप्पलको उत्पादन संगै होलसेल विक्रि सुरु गरेको र होलसेलमै बल्व मर्मत समेत गरिने विरवहादुर थापाले बताउनुभयो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय