मुसिकोट वडा नम्बर ३ मा १४ सय बढीले लिए राष्ट्रिय परिचयपत्र !

मुसिकोट वडा नम्बर ३ मा १४ सय बढीले लिए राष्ट्रिय परिचयपत्र !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी : जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ मैदानमा राष्ट्रिय परिचय पत्र विवरण संकल्न कार्य सम्पन्न भएको छ । करिब १० दिन सम्म चलेको राष्ट्रिय परिचय पत्र विवरण संकल्न कार्य आज सम्पन्न भएको हो ।

वडा नं ३ मा करिब १४ सय भन्दा बढीले राष्ट्रिय परिचय पत्र विवरण संकल्न गराएको वडा सदस्य शंकर रायमाझीले जानकारी दिनुभयो । राष्ट्रिय परिचय पत्र विवरण संकल्न गर्दा त्यहाँ जनप्रतिनिधि तथा स्थानीयहरुको सहयोगमा व्यवस्थित रुपले परिचय पत्र विवरण संकलन गरिएको वडा सदस्य रायमाझीले बताउनुभयो ।

परिचय पत्र विवरण संकल्न कार्यक्रममा स्थानीयहरुको उत्साहितपूणर् उपस्थित रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय