बागलुङमा मेयर सहित तीन जनालाई कोरोना संक्रमण !

बागलुङमा मेयर सहित तीन जनालाई कोरोना संक्रमण !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङमा थप तीन जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

पोखरामा गरिएको कोरोना परिक्षणमा बागलुङ नगरपालिकाका मेयर सहित तीन जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नगरप्रमुख जनकराज पौडेल सहित अन्य तीन जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

कोेरोना संक्रमण पुष्टी हुनेमा बानपा—२ का ५२ र ३३ वर्षीय पुरुष तथा बानपा—३ का ७३ वर्षका पुरुष रहेका छन् । नगरप्रमुख पौडेलको शनिबार साँझ नै मौखिक रिपोर्ट आए पनि आधिकारिक रिपोर्ट आईतबार विहान आएको घिमिरेले बताए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निकालेको विज्ञप्तीमा ५ जना उल्लेख भए पनि २ जना आईसोलेसनमा भएकाहरु छन् । आईतबार रिपोर्ट आएकामध्ये दुई जना शंका लागेपछि अस्पतालमा जँचाउन गएकाहरु छन् । बाग्लुङ पोष्ट

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय