ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा वामीका श्रेष्ठ घाईते !

ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा वामीका श्रेष्ठ घाईते !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,गुल्मी । गुल्मीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाइते भएका छन । मुसिकोट नगरपालिको वडा नं ७ वामीबाट बुटवल तर्फ जादै गरेको लु १ क ३४८७ नं.को ट्रकले बिपरीत दिशाबाट आएको लु ५३ प ४६३० नम्बरको मोटरसाइकलाई. चन्द्रकोट गाँउपालिका ७ रुपाकोट सोतामा ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकल.चालक मुसिकोट नगरपालिका ७ वामी बस्ने बर्ष २७ को मिलन श्रेष्ठको घाईते भएका हुन् । घाइते श्रेष्ठको बाँया हात भाचिएको,मुख र खुट्टामा चोट लागेको गुल्मी प्रहरीले जनाएको छ । उनको स्थानीय मेडिकलमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको छ । ठक्कर दिने ट्रक र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय