बागलुङका थप २० जनामा कोरोना सक्रंमण !

बागलुङका थप २० जनामा कोरोना सक्रंमण !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ – बागलुङका २० जनासहित गण्डकी प्रदेशमा बुधबार दिउँसो १ सय ५० जना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार, सबैभन्दा धेरै कास्कीमा ११९, बागलुङमा २०, पर्वतमा ३, स्याङ्जामा २ र तनहुँमा ६ जना संक्रमित थपिएका हुन् ।

लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको छ । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ७१ पुगेको छ । कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये बागलुङको काठेखोला गाउँपालिकाका २७ देखि ४४ वर्ष उमेर समूहका १ महिला र ३ जना पुरुष रहेका छन् ।

यस्तै, बागलुङ नगरपालिका वडा नं. ८ का ६० वर्षिय पुरुष, वडा नखुलेका १६ देखि ५२ वर्ष उमेर समूहका ६ जना महिला र ८ देखि ७३ वर्ष उमेर समूहका ९ जना पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय