रुपन्देहीमा थप २ कोरोना संक्रमितको मृत्यु !

रुपन्देहीमा थप २ कोरोना संक्रमितको मृत्यु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रूपन्देहीमा कोरोना भाइरस संक्रमणबाट सोमवार थप २ जना मृत्यु भएको छ ।बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताल र भैरहवास्थित भीम अस्पतालमा १/१ जना संक्रमितको मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । शुक्रवार भर्ना भएका ती पुरुषलाई कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए । उनको सोमवार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

भीम अस्पतालमा थप १ संक्रमितको मृत्यु भएको छ । गत कात्तिक १७ गते कोरोना पुष्टि भएकी सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको सोमवार बिहान ६ः२० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए ।

होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा समस्या भएपछि १९ गते उनलाई भीम अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनमा मधुमेहको समस्या रहेको थियो । रुपन्देहीका अस्पतालमा अहिले पनि गम्भीर प्रकृतिका बिरामी बढ्दै गएका अस्पतालले जनाएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय