गुल्मीमा दशैँको मुखमा मासुको भाउ हेरफेर : ब्रोईलर कुखुराको मासु सस्तियो !

गुल्मीमा दशैँको मुखमा मासुको भाउ हेरफेर : ब्रोईलर कुखुराको मासु सस्तियो !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । दशैँको मुखैमा मासुको मूल्यमा हेरफेर भएको छ । मासु व्यवसायी संघ गुल्मीले मासुको दरदरेट परिमार्जन गरेको हो । संघका अनुसार नयाँ मूल्य जिल्लाभर लागु हुनेछ ।

अब खसीबोकाको मिक्स मासुको मूल्य प्रतिकिलो ७६० रुपैयाँ पर्नेछ । ब्रोईलर कुखुराको मासुको भाउ भने झन् ओरालो लागेको छ ।
परिमार्जित मूल्यअनुसार अब ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० रुपैयाँमा पाईनेछ । उपभोक्ताले अब जिउँदो माछालाई ४०० रुपैयाँ किलो खरिद गर्नुर्पेछ भने, डि फ्रिज गरेको माछाको भाउ ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

यसैगरी राँगापाडा र बंगुरको मासु ३८० रुपैयाँ प्रतिकिलो तोकिएको छ । मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष पूणर्बहादुर श्रेष्ठ र सचिव पशुपति महतले जारी गरेको सूचनामा तोकिएको मूल्य कार्यान्वयन नगर्ने जो कसैलाई सजाय गरिने उल्लेख छ ।

प्रत्येक एकादशी र वर्जित गरिएको दिनमा मासु काट्न र बिक्रीवितरण नगर्न समेत भनिएको छ । खसीबोकाको मासुको मूल्य बढ्दो क्रममा छ भने ब्रोईलर कुखुराको भाउ झन्झन् घट्दो क्रममा देखिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय